hirysdec.mugu@gmail.com

+977-087460123 (Phone/Fax)

मजदुरी गरेर छाक टार्नेले लकडाउनको बेला घरमै पाए ज्याला

युद्घ  मल्ल मुगु ।  २०७६ चैत ३० आइतबार

छाँयानाथ रारा नगरपालिका २ की ३९ बर्षीया लक्ष्मीदेवी हमाल एकल महिला हुन । उनी मजदुरी गरेर तीन परिवारलाई बिहान बेलुका छाक टार्ने गरेकी छिन । साहुको मजदुरी गरेर कहिल्यै समयमा ज्याला नपाएको गुनासो उनले छ। पुस पहिलो साताबाट आफनो घर नजिकको बिद्यालय भवन निमार्णमा मजदुरी गरेको पैसा भने उनले लकडाउनको बेलामा घरमै पाएकी छिन्। त्यो पनि काम गराउने ब्यक्ति घरमै आएर ज्याला दिएपछि उनी हर्षित भएको छिन्। सोही नगरपालिका ५ कि ५८ बर्षिया छयाउका बिक पनि एकल महिला हुन । छाँयानाथ रारा नगरपालिका २ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालय चैनको भवन निमार्णमा गिट्टी कुटे बापतको बिकको ज्याला पनि ज्याला निमार्ण गर्ने संस्थाका कर्मचारी घरमै पुगेर दिए। १२ हजार १ सय ज्याला हातमै पार्दा उनी पनि कम फुरुङ छैनन्। अहिलेसम्म मजदुरी गरेर घरमै ज्याला पाएको पहिलो घटना भएको उनले बताइन ।कुनै पनि सरकारी, गैर सरकारी निकाय तथा ठेकेदार पक्षका काम गरेका मजदुरहरुले आफुले पाउने ज्याला  कहिल्यै समयमै पाउदैनन ।  कोरोना भाइरसको सक्रमण  रोकथामका लागी सरकारले लकडाउन गरेपछी मजदुरी गरेरपनि आफनो ज्याला नपाई छटपटाई रहेका मजदुरहरुलाई लकडाउनको समयमा घरमै पुगेर निर्माण संस्थाले ज्याला दिएको हो। छाँयानाथ रारा नगरपालिका २ चैना र सोही नगरपालिका ५ कार्कीबाडामा रहेका बिद्यालय भवन निमार्णमा संलग्न मजदुरलाई भवन निर्माणको आर्थिक सहयोग गर्ने छाँया नेपाल र हिरिसेडेक मुगुका कर्मचारी ज्याला पुर्याउन मजदुरका घरमै पुगेका हुन ।छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाँउमा नगरपालिकाको २२ लाख ३२ हजार, छायाँ नेपाल नामक गैर सरकारी सस्थाको ६० लाख ४३ हजार ६९८ गरि कुल ८२ लाख ७५ हजार ७२२ र सोही नगरपालिका ५ कार्कीबाडाको बिद्यालयका १३ लाख ९२ हजार नगरपालिका र छायाँ नेपालको  ४७ लाख ६० हजार ५३९ गरि कुल ६१ लाख  ५२ हजार ५३९ लागत साझेदारीमा २ वटा भवनहरु गत पुस पहिलो साताबाट निमार्ण कार्य सुरु गरिएको थियो  ।

यी दुई भवन निमार्णका लागी खटिएका  २ सय १७ जनालाई १७ लाख ८४ हजार ७०० रकम  मजदुरकै घर घरमा पुगेर लकडाउनको समयमा ज्याला भुक्तानी गरेको सहजकर्ता सस्था हिरिसडेक मुगुले बताएको छ । बिद्यालयको काम गरेर यस्तो समयमा घरमै पुगेर ज्याला पाउनु भनेको हामी जस्ता मजदुरहरुलाई ठुलो राहत भएको छाँयानाथ रारा नगरपालिका ५ का कन्न बिक बताउँछन्।पुसको पहिलो साताबाट दुई बिद्यालय निमार्ण सुरु गरेका थियौ । निमार्णाधिन दुई बिद्यालयमा २ सय १७ जना मध्ये २५ जना दक्ष र अन्य सबै अदक्ष मजदुरले काम गर्दै आएका थिए । लकडाउनका कारण दुबै बिद्यालयका काम रोकिएका छन् । लकडाउनका कारण घर बाहिर निस्कन नपाएपछी बिहान बेलुकाको छाक टार्ने समस्या भएको ति मजदुरले फोन मार्फत गुनासो गर्न थालेपछी उनीहरुले १० गतेसम्म काम गरे वाफत पाउने जम्मा रकम घरमै पुगेर बुझाएको हिरेसडेक मुगुका कार्यकारी निर्देशक मिन रावलले बताए । लकडाउनले मजदुरहरुलाई भेला गराएर ज्याला वितरण गर्न नमिल्ने भएकाले घर घरमा सस्थाका कर्मचारी खटाएर उनीहरुको ज्याला बुझाएका हौ उनले भने ।

श्राेत:- https://hamrakura.com/news-details/76821/2020-04-12?fbclid=IwAR0Ar9JVpYuPyufZaLNu-zXsd3UOOoqZdyCsCoGfBBGJDYeF_gc_7cieLww#.XpNRyYFeGQc.facebook